तनहुँ : तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्ष ०७७/७८ को दोस्रो चौमासिक अन्तरगतको सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार व्यास-१४ छाब्दीमा सम्पन्न भएको छ । महिला शसक्तीकरण सञ्चार समाजको सहजीकरणमा भएको कार्यक्रममा सहभागीले भौतिक योजना, आन्तरिक सुशासन, सार्वजनिक सम्पत्तिको अवस्था लगायतका विषयमा गुनासो राखेका थिए ।
नगरवासीको गुनासो सम्बोधन गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरवासीको सुझाव नगरपालिकाका लागि मार्गनिर्देश हुने बताउनुभयो ।
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, शिक्षा तथा सामाजिक शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी, आन्तरिक लेखा परीक्षक शाखा प्रमुख कुमारकञ्चन जिसी, आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्की, शहरी पूर्वाधार तथा प्रविधिक शाखा प्रमुख डा.राजु पौडेल, स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोती, वडा नं १,१२,१३ र १४ का वडाध्यक्षहरुले गुनासो सम्बोधन गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण संस्थाकी अध्यक्ष प्रकृति खनालले गर्नुभएको थियो ।