म्याग्देमा व्युटिसियन तालिम शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा व्युटिसियन तालिम शुरु

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा आधारभूत व्युटिसियन तालिम शुक्रबारदेखि शुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले म्याग्दे गाउँपालिका–४ मा आधारभूत व्युटिसियन तालिम शुरु गरेको हो ।

    तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले तालिम लिएर उद्यमी बन्न महिलाहरुलाई आग्रह गर्नुभयो । महिलाहरुलाई सीप प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    एक महिनासम्म सञ्चालन हुने तालिममा २० जना महिलाको सहभागिता रहेको गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो । तालिममा दमौलीस्थित आवेदा व्युटीपार्लरकी सञ्चालिका रफत साना मियाँले प्रशिक्षण दिनुहुनेछ ।