तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घको अधिवेशन आगामी वैशाख ४ गते हुने भएको छ। सङ्घको शनिबार सम्पन्न बैठकले सङ्घको १६ औ अधिवेशनको मिति तय गरेको हो ।
सङ्घको ३५ औ साधारणसभा भने चैत ३१ गते तोकिएको महासचिव इमकुमार मल्लले जानकारी दिनुभयो । बैठकले विभिन्न बजार इकाईको अधिवेशनको मिति समेत तय गरेको छ। जस बमोजिम दमौली बजार इकाईको अधिवेशन चैत २० र २१ गते हुनेछ ।
बैठकले सात वटा बजार इकाईको अधिवेशन चैत २५ गतेभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।