एमाले अध्यक्ष केपी ओली थप शक्तिशाली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले अध्यक्ष केपी ओली थप शक्तिशाली

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७७, शनिबार

    काठमाडौं : नेकपा एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘तानाशाही’ भएको आरोप माधवकुमार नेपाल पक्षले लगाइरहेका बेला अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने एजेण्डा पास भएको छ ।

    नेपाल पक्षको सहभागिताविनै शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको एजेन्डामार्फत अध्यक्ष ओलीलाई अरु अधिकार थपेर शक्तिशाली बनाएको हो ।
    ओली पक्षको दाबी अनुसार १२ औं बैठकले अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकको एजेण्डा पारित गरेसँगै देशभरका समानुपातिक सांसद हटाउन र राख्न सक्ने अधिकार अव दलका नेतासमेत रहेका ओलीमा पुगेको छ ।

    ‘यो व्यवस्थापछि संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छ,’ एक नेताले भने, ‘अव अराजकता मच्चाउनेहरु तत्काल कारवाहीमा पर्छन् । जिम्मेवारी पनि खोसिन्छ ।’

    बैठकपछि ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवाली पनि सोही कुराको पुष्टि गर्नुभयो । उहॉले भन्नुभयो, ‘अव पार्टीलाई अनुशासित, जन आधारित,चुस्त र राष्ट्रिय राजनीतिलाई अझ सशक्त गुडाउन सक्ने संकल्प गरेको छ ।’ 

    पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई नै दिइएको छ । जसअनुसार केन्द्रीय सदस्य र मातहतका नेताहरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्ष ओलीमा निहित गरिएको छ ।

    यसका साथै संवैधानिक निकायहरुमा पार्टीको तर्फबाट लिइने सबै अधिकार पनि अध्यक्ष ओलीलाई दिइएको छ । शनिबारकै बैठकले बरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ । (रातोपाटीबाट)