पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७७, शनिबार

    काठमाडौं : यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको प्रत्यक्ष निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

    पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको महासंघको आइतबार कार्यतालिका सार्वजनिक भएको हो। पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचनको कार्यतालिका  सार्वजनिक गरेको हो।

    कार्यतालिका अनुसार चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने रहेको छ। 
    महासंघको केन्द्रीय समितिको केहि दिन अघिको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको थियो।