सरकारले दिएको १० लाख जोशी परिवारद्वारा अस्वीकार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारले दिएको १० लाख जोशी परिवारद्वारा अस्वीकार

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७७, आईतवार

    काठमाडौं : मष्तिस्क घात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको आर्थिक सहयोग परिवारले अस्वीकार गरेको छ । नेता जोशी परिवारले उनको उपचारको लागि सरकारले दिने भनेको १० लाख रुपैयाँ नलिने बताएको छ ।

    जोशी परिवारले सरकारले दिन लागेको आर्थिक सहयोग नलिने घोषणा गर्दै उक्त पैसा विपन्न वर्गका लागि स्वास्थ्यउपचार गर्न आग्रह गरेको छ । पूर्व मन्त्री समेत रहेका जोशीले आर्थिक अभावमा मानिसको मृत्यु हुने अवस्थाको अन्त्यका लागि अभियान चलाएका कारण त्यसैलाई निरन्तरता दिएको परिवारले बताएका छन् ।