माधव पक्षले बनायो युवासंघमा समानान्तर कमिटी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माधव पक्षले बनायो युवासंघमा समानान्तर कमिटी

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७७, आईतवार

    काठमाडाैं : माधव नेपाल पक्षीय युवासंघले नेतृत्व चयन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गठन गरेको युवासंघको समानान्तर कमिटी बनाइएको हो। नेपाल समूहले नरेशकुमार शाहीको नेतृत्वमा ५० सदस्यीय युवासंघ गठन गरेको छ।

    नेपाल समूहकाे युवासंघकाे वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटी चयन हुनुभएकाे छ । उपाध्यक्षमा आठ जना चयन भएका छन्। महासचिवकाे जिम्मा दीपक जीएमले पाएकाे महासंघकाे उपमहासचिव पदमा आठ जनालाई जिम्मेवारी दिइएको छ। सचिव पदमा २९ जनालाई जिम्मेवारी सुम्पिइएको छ।