कोभिड–१९ को जोखिम बढेको भन्दै सभा सम्मेलनमा रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोभिड–१९ को जोखिम बढेको भन्दै सभा सम्मेलनमा रोक

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७७, आईतवार

    काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सभा, सम्मेलन, जुलुस, र्‍याली, भेला, बैठक, जमघट, गोष्ठी, सेमिनार लगायत भीडभाड हुने काम नगर्न आग्रह गरेको छ । 

    स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी कोभिड–१९ को संक्रमण फैलने जोखिम कायमै रहेको र विश्वभर साथै छिमेकी देशहरूमा समेत फैलिरहेको भन्दै उचित स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ । 

    साबुन पानीले हात धुन, स्यानिटाइजर र मास्कको प्रयोगका साथै भौतिक दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।