ढाकामा राष्ट्रपति : बंगलादेशी समकक्षीको स्वागत, २१ तोपको सलामी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ढाकामा राष्ट्रपति : बंगलादेशी समकक्षीको स्वागत, २१ तोपको सलामी

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७७, सोमबार

    काठमाडाै : राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणको सिलसिलामा सोमबार ढाका पुग्नुभएकाे छ । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा उहाँले भाग लिने कार्यक्रम छ ।

    बंगलादेशको स्थानीय समयानुसार बिहान १०ः१७ बजे बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले भण्डारीलाई हजरत शाहजालाल विमानस्थलमा स्वागत गर्नुभएकाे थियाे । कोभिड–१९ प्रोटोकलको कारण फूलको गुच्छा दिएर स्वागत गरिएको थियो ।

    भण्डारीलाई विमानस्थलमा बंगलादेशी स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएको छ । भण्डारीको स्वागतमा विमानस्थलमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत हुनुहुन्थ्याे । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ५४ सदस्य हुनुहुन्छ ।