माधव नेपाललाई एमालेको दश बुँदे स्पष्टीकरण पत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माधव नेपाललाई एमालेको दश बुँदे स्पष्टीकरण पत्र

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७७, सोमबार

    काठमाडौ: नेकपा एमालेले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै नेता माधव कुमार नेपाललाई १० बुँदे स्पष्टीकरण सोधेको छ । महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको स्पष्टीकरण पत्रमा १० बुँदामा नेता नेपालप्रति प्रश्नको वर्षा गरिएको छ ।

    स्पष्टीकरणको पहिलो नम्बर बुँदामा साविकको नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध १० पृष्ठ लामो प्रस्ताव ल्याउनुका साथै त्यसलाई पुस्तकाकारमा प्रकाशित गरेर वितरणमा प्रचण्डको मतियार किन भएको भनि प्रश्न गरिएको छ । नेकपाको विधानविपरीत सडकबाट ओलीलाई अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निष्काशनको निर्णय गर्नु÷गराउनु भयो भनि दोस्रो बुँदामा सोधिएको छ ।


    यसैगरी निर्वाचन आयोगमा पार्टी विधान र हित विपरित किन निवेदनहरू दिएको भनि तेस्रो बुँदामा सोधिएको छ भने चौथो बुँदामा पार्टी फुटाउने उद्देश्यले पार्टीको नाम, चिन्ह र झण्डासमेत कुनै एउटा समूह वा गुटले मात्र गर्ने उद्देश्यका साथ निवेदन बोकेर किन निर्वाचन आयोगमा पुग्नुभयो भन्ने प्रश्न गरिएको छ । साथै पार्टी फुटाउँदा कुन उद्देश्य हासिल हुने हो भनि प्रश्न समेत गरिएको छ ।

    पार्टी अध्यक्ष र महासचिवले दिएको निर्देशनविपरीत राष्ट्रिय भेला र समानान्तर गतिविधि किन गरिएको भन्ने प्रश्न पाँचौ बुँदामा गरिएको छ भने सरकारका विरुद्ध पुस ५ गते अविश्वासको प्रस्ताव दर्ता गर्नमा पनि लागिपरेको भन्ने प्रश्न समेत छैटौं बुँदामा गरिएको छ ।

    यस्तै सातौं बुँदामा भेला तथा समानान्तर गतिविधि गरि पार्टी एकता विरोधी गतिविधि गर्नुको कारण माग गरिएको छ भने आठौं बुँदामा ओली सरकार ढालेर अन्य दलको नेतत्वमा सरकार बनाउन षड्यन्त्र गर्नुको कारण पनि माग गरिएको छ ।
    यस्तै बुटवलमा प्रचण्डले माधव नेपालले एमाले कब्जा गरेर आउने भनि दिएको अभिव्यक्तिमा उनी मौन बस्नुको कारण माग गरिएका छ भने दशौं नम्बरमा यी र यस्ता पार्टी हित विपरितका गतिविधि के कति कारणले निरन्तर गर्नुपरेको हो भनि प्रश्न गरिएको छ ।