होलीमा सांस्कृतिक कार्यक्रम : गजलदेखि तामाङ सेलोसम्म (फोटो र भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    होलीमा सांस्कृतिक कार्यक्रम : गजलदेखि तामाङ सेलोसम्म (फोटो र भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७७, आईतवार

    दमाैली : तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ ) मा होलीको अवसरमा आइतबार सांस्कृतिक कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा गजलदेखि तामाङ सेलोसम्मका प्रस्तुती प्रस्तुत भए ।

    उक्त कार्यक्रममा गणमै कार्यरत सेनाका जवानहरुले नृत्य प्रस्तुत गर्नुका साथै गजल तथा गीत गाएका थिए । कार्यक्रममा मगर समुदायको कौरा र तामाङ समुदायको तामाङ सेलो नृत्य प्रस्तुत गरियो । कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी मनोज गुरुङले सेनाका अधिकृत तथा जवानहरुलाई रङ लगाइदिएर होलीको शुभकामना व्यक्त गर्नुभएको थियो ।