प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७७, आईतवार

    काठमाडौ : प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार दिउसो भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    प्रतिनिधि सभा बैठकलाई प्रभावकारी ढंगले संचालन गर्ने विषयमा उहॉहरुबीच छलफल भएको स्रोतको भनाइ छ । प्रतिनिधि सभाले बिजनेस नपाएको सन्दर्भमा सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटवार्ता गर्न चाहिरहेको बताउनुभएको थियो ।

    प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच औपचारिक भेटवार्ता भएको थिएन ।