काठमाडौं : चीन सरकारले निर्माण गरेको कोभिडविरुद्धको खोप सिनोफार्मबाट उत्पादित ‘सेरोभेल’ खोप सोमबार काठमाडौं आइपुगेको छ। अनुदान स्वरुप हस्तान्तरण गरिएको कोभिडविरुद्धको ८ लाख खोप चिनियाँ राजदूतावासका प्रतिनिधिले एक कार्यक्रम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका छन् ।
यस अघि भारत सरकारले अनुदान स्वरुप दिएको १० ‘कोभिसिल्ड’ खोप प्रयोग गरिसकेको छ। पहिलो चरणको खोप माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो।