माधव नेपाल र भीम रावल ६ महिनाका लागि निलम्बित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माधव नेपाल र भीम रावल ६ महिनाका लागि निलम्बित

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७७, सोमबार

    काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । उहॉहरु दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको छ ।

    कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गर्नुभएको थियो ।अदालतबाट एमाले पुनःस्थापनापछि पेरिसडाँडामा बैठक बसेर केपी ओलीविरुद्ध संघर्ष गर्ने भन्दै फर्केका नेता नेपालले विभिन्न ठाउँमा पार्टीका नाममा भेला र बैठक गरेको तथा समानान्तर कमिटीहरु गठन गरी पार्टी फुटाउन खोजेको आरोप लागेको थियो ।

    यसबीचमा एमाले भइसकेपछि पनि पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेले नेपाल र रावलसहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टिकरण सोधेको थियो ।