दमाैली : नेपाल बार एशोसिएसन तनहुँको अध्यक्षमा भानुभक्त सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । एशोसिएसनको अध्यक्षका लागि पाँच जना आकाङ्क्षी रहेपनि अन्तिममा सुवेदी सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
एशोसिएसनको उपाध्यक्षमा शरणहरी वाग्ले, सचिवमा त्रैलेक्य वाग्ले, सहसचिवमा माधव घिमिरे र कोषाध्यक्षमा हरिमान श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा परशुराम गिरी, कृष्णहरि वाग्ले, ऋषिराम पोख्रेल, अमृतबहादुर नेपाली, डम्बरदेव हड्खले, शिवराज काफ्ले, हरिशचन्द्र रेग्मी र इन्द्रा थापा चयन हुनुभएको छ ।
पार्षद्मा केशव भट्टराई, त्रिभुवन श्रेष्ठ, यज्ञबहादुर थापा र चन्द्रकान्त वाग्ले चयन हुनुभएको बार एशोसिएसनका पूर्व अध्यक्ष शिवदत्त ढकालले जानकारी दिनुभयो ।