राष्ट्रिय शिक्षा नीति बारे छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    राष्ट्रिय शिक्षा नीति बारे छलफल

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७७, सोमबार


    दुलेगौडा : राष्ट्रिय शिक्षा नीतिको प्रारम्भिक प्रतिवेदन प्रस्तुतीसँगै अन्तरक्रिया गरिएको छ । नेपाली कांग्रेसको शिक्षा विभाग अन्तर्गत रहेको सुझाव संकलन कार्यालय गण्डकीको आयोजनामा सोमबार कार्यक्रम भएको हो ।

    पोखरामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभागका प्रमुख हरिप्रसाद नेपालले शिक्षा तीन किसिमले निर्देशित हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रबोध र जिवन उपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

    शिक्षा विभाग गण्डकी प्रदेश संयोजक चिनु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विभागका केन्द्रीय उपप्रमुख शेषनाथ अधिकारी, गण्डकी प्रदेशसभा सदस्य विन्दु कोईराला, प्रध्यापक डा.अक्कलदेव मिश्र, वेदहरी तिम्लिसना लगायतले बोल्नुभएको थियो ।