म्याग्देमा अपाङ्गता भएकालाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा अपाङ्गता भएकालाई सम्मान

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०७७, सोमबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ का अपाङ्गता भएका व्यक्तिहरुलाई सोमबार सम्मान गरिएको छ । वडा कार्यालयले ५३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको हो ।

    सो अवसरमा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अपाङ्गता भएका व्यक्तिहरुलाई जनही रु एक हजार ६ सय नगद प्रदान गर्नुभएको थियो । रानाले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम सञ्चालन गरिने बताउनुभयो ।

    गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले अपाङ्गता भएकाहरुको हितमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । अपाङ्गता भएका सुशान सुनारले सम्मान गरेकामा गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । अर्का अपाङ्गता किरण श्रेष्ठले सीपमूलक कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।