पाेखरा : गण्डकी प्रदेश सरकारले सातौं संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । चैत २५ बाट सुरु भएको संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखबाट सचिवालयलाई पत्र आएको प्रदेश सभा सचिव हरिराज पोखरलले जानकारी दिनुभयाे ।
विपक्षी दलले बिहीबार संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेसँगै सरकारले संसद अधिवेशन अन्त्यकाे सिफारिस गरेकाे हाे ।