को को हुन् कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    को को हुन् कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद?

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०७८, शुक्रबार

    काठमाडौ: नेकपा (एमाले) कर्णाली प्रदेश सभाका चार सांसदले पार्टीको निर्देशन (ह्विप) उल्लंघन गरेका छन्। पार्टी संसदीय दलको ह्विप विपरीत उनीहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका हुन्।

    एमाले ५ चैतमा समर्थन फिर्ता लिएपछि नै शाही विश्वासको मत लिन बाध्य भएका थिए। तर, शुक्रबार भएको मतदानमा एमाले सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले मुख्यमन्त्री शाहीको पक्षमा मत दिनुभएको हो। पार्टीको ह्विप उल्लंघन गर्नेलाई संसदीय दलले कारबाही गर्नसक्ने व्यवस्था छ।