कर्णालीका ४ एमाले सांसद निश्कासित, देवी ओलीलाई २४ घण्टे स्पष्टिकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्णाली

    कर्णालीका ४ एमाले सांसद निश्कासित, देवी ओलीलाई २४ घण्टे स्पष्टिकरण

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०७८, शुक्रबार

    काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठकले पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई कारवाहीका लागि सिफारिस गरेको छ । उनीहरु चारै जनाको सांसद पद निलम्बन गर्ने तथा पार्टीको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय बैठकले गरेको हो ।

    कारवाहीमा पर्नेमा प्रत्यक्ष निर्वाचित सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही छन् । उनीहरुले संसदमा फ्लोर क्रस गर्दै सरकारलाई विश्वासको मत दिएका थिए । चारैजनालाई सांसद र साधारण सदस्यता खारेजीका लागि केन्द्रलाई सिफारिस गर्ने निर्णय भएको प्रमुख सचेतक गुलाबजङ्ग शाहले बताउनुभयो ।

    देवीलाई स्पष्टीकरण

    यस्तै समानुपातिक सांसद देवी वलीलाई चौबिस घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिने पार्टीको निर्णय छ । वलीले पहिले बिश्वासको मतका पक्षमा मतदान गर्नुभएको थियो । तर, पछि आवश्यक संख्या पुगिसकेको भन्दै आफ्नो मत सच्याउनुभएको हो ।