तनहुँ उद्योग वाणिज्य सङ्घ : अध्यक्ष छान्न मतदान शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्योग वाणिज्य सङ्घ : अध्यक्ष छान्न मतदान शुरु

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७८, शनिबार

    दमौली : तनहुँ उद्योग वाणिज्य सङ्घको नयॉ अध्यक्ष चयनका लागि मतदान शुरु भएको छ । सङ्घको १६ औ अधिवेशन अन्तरगत शनिबार बिहान ८ बजेदेखि मतदान शुरु भएको हो ।

    मतदान सॉझ ४ बजेसम्म चल्नेछ । सङ्घमा करिब १ हजार ९ सय मतदाता छन् । शनिबार बेलुकाबाटै मतगणना शुरु हुनेछ ।

    अध्यक्ष पदका लागि पविन्द्रकुमार श्रेष्ठ र बैकुण्ठनाथ मिश्रबीच प्रतिस्पर्धा हुनेछ । दुवै उम्मेदवारले जिल्लाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गरिसकेका छन् ।

    सङ्घको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, कोषाध्यक्षमा, वस्तुगत सदस्य र एसोशिएट सदस्य भने निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।