प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा गोप्य वार्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा गोप्य वार्ता

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७८, शनिबार

    काठमाडाै : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ । प्रचण्ड र नेता नेपालबीच कोटेश्वरस्थित चन्द्रलाल श्रेष्ठको घरमा भेटवार्ता भएको हो । नेता नेपाल शनिबार बिहान झापाबाट फर्किएलगत्तै भएको भेटवार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि सहभागी हुनुहुन्छ ।

    श्रोतका अनुसार भेटमा पछिल्लो राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार ११ बजे सर्वदलीय बैठक बस्दैछ । त्यसअघि नेपाल र प्रचण्डबिच गोप्य वार्ता भएको हो ।

    ओलीले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका प्रचण्डले एमालेबाट निलम्बित नेता नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।