सर्वदलीय बैठकमा ओलीले भन्नुभयाे – सभामुखले अराजक र अनैतिक काम गर्दैछन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सर्वदलीय बैठकमा ओलीले भन्नुभयाे – सभामुखले अराजक र अनैतिक काम गर्दैछन्

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७८, शनिबार

    काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्‍निप्रसाद सापकोटालाई अराजक र अनैतिक काम गरेको आरोप लगाउनुभएकाे छ । शनिबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै ओलीले संसद्‍मा कामै गर्न नदिएको गुणासो गरेको बैठकपछि राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले बताउनुभयाे ।

    उहाँका अनुसार प्रधानमन्त्री ओलीले कोरोना महामारी बढ्दै गइरहेको सन्दर्भमा कसरी काम गर्ने भन्‍ने विषयमा अरु नेताहरुलाई समेत सुझाव माग्नुभएकाे छ ।

    ‘हाम्रो तर्फबाट कोरोना समस्या समाधानका लागि सरकारले के-के गर्ने पाँच-सात बुँदा टिपेर दिएका छौं,’ लोहनीले भन्नुभयाे,‘जहाँसम्म सरकार र संसद्‍को कुरा छ। अब प्रधानमन्त्री १४ वर्ष जेल बसेको नेता सबैलाई बुझ्‍नुभएको छ। उहाँसँग काम गर्ने नेताहरु पनि त्यस्तै १०/१२ वर्ष संघर्ष गरेर आउनुभएका नेताहरु हुनुहुन्छ। त्यति बुझाउन सक्नुभएन भने लाजमर्दो कुरा हुन्छ।’