वैशाख मसान्तसम्म शहरका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वैशाख मसान्तसम्म शहरका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७८, शनिबार

    काठमाडाै : काेभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालय आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्र्ने निर्णय गरेको छ । सिंहदरबारमा शनिवार बसेको सीसीएमसीको बैठकले कोरोना भाइरस संक्रमणको रोकथामका लागि शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको समितिका एक सदस्यले जानकारी दिनुभयाे ।

    मन्त्रिपरिषद् बैठकले सिफारिसलाई अनुमोदन गरेपछि विद्यालय बन्दको निर्णय कार्यान्वयन हुनेछ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्नेबारे प्रस्ताव पेश गरेपनि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको थिएन ।

    शहरी क्षेत्रबाहेक अन्य क्षेत्रमा प्रदेश र स्थानीय तहले निर्णय अनुसार विद्यालय सञ्चालन वा बन्द गर्न सकिने निर्णय समेत सीसीएमसीले गरेको छ ।