अवरुद्ध पृथ्वीराजमार्ग सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७८, आईतवार

    तनहुँ : आइतबार साँझ परेको हावाहुरी सहितको वर्षाका कारण रुख ढलेर अवरुद्ध भएको पृथ्वीराजमार्ग सुचारु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा हावाहुरीले शिशौको रुख ढलेर अवरुद्ध भएको राजमार्ग सशस्त्र प्रहरीको सहयोगमा खुलेको हो ।

    डुम्रे बजार नजिक साँझ ५ः५० बजे शिशौको रुख ढलेर केही बेर राजमार्ग अवरुद्ध भएको थियो । सशस्त्र प्रहरी मनकामना गणबाट खटिएको प्रहरी टोलीले रुख हटाएर राजमार्ग सुचारु गराएको सहायक प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिनुभयो ।

    मनाेज श्रेष्ठकाे सहयाेगमा