भेंडीगोठमा बिजुलीबत्ती र मोटरबाटो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    भेंडीगोठमा बिजुलीबत्ती र मोटरबाटो

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    लमजुङ : बेलायती सेनामा छाती नाप्न जानु अघि ले. मजन बहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँठाउँको यति धेरै विकास हुन्छ । जन्मे खेलेको ठाउँमा २० वर्ष पछि फर्किदा गाउँको माटोले उहाँको पदचाप त चिन्यो । तर, गाउँका यौवनाले चिनेनन् । ‘यही माटोमा हुर्के खेलेको हो, लाहुरे भयो । अहिले गाउँमा आउँदा त कसैले पनि चिन्दैन,’ उहाँले भन्नुभयाे, ‘यो ठाउँमा यति धेरै विकास होला भनेर त मैले सोचेको पनि थिइनँ ।’

    लमजुङको क्होलासोथर गाउँपालिका ६ क्होम्रे डाँडामा बिजुली बत्ति र बाटो पुगेपछि गाउँलेहरु दङ्ग छन् । भुपु सैनिक समिति क्होलासोथर पसगाउँ र स्थानीय सरकारको पहलमा बिजुली बत्ती र बाटो पुगेपछि स्थानीयले खुशीयाली मनाएका छन् ।

    क्होम्रे डाँडामा बनभोज स्थल बनाएर पर्यटकीय गतिविधि बढाउने योजना अनुरुप बिजुली बत्ति र बाटो पुर्याइएकाे भुपु सैनिक समिति क्होलासोथर गाउँपालिका ६ पसगाउँका कोषाध्यक्ष खड्गबहादुर गुरुङले जानकारी दिनुभयाे । ‘हाम्रो पुख्र्यौली थलोमा आज बिजुली बत्ति आएको छ, यहाँ बनभोज स्थल बनाएर पर्यटकीय गतिविधि बढाउने, पर्यटक ल्याएर आर्थिक आम्दानी गर्न सक्छौं,’ उहाँले भन्नुभयाे ।

    क्होलासोथर गाउँपालिका ६ का अध्यक्ष मनलाल गुरुङले बिजुली बत्ति ल्याए पनि बनभोज स्थल बनाउन अन्य पूर्वाधार पनि खाँचो रहेको बताउनुभयाे । ‘अरु पूर्वाधार पनि बनाउनपर्छ । पानी र शौचालयको पनि व्यवस्था गर्न सक्यो भने धेरै पर्यटकलाई लोभ्याउन सकिन्छ,’ उहाँले भन्नुभयाे, ‘तत्कालै ल्याउन पर्ने देखिएको छ । सबैले सोचेका पनि छौं । त्यसको लागि पनि पहल गछौं ।’


    क्होलासोथर गाउँपालिका ६ का पर्यटन व्यवस्थापन समिति अध्यक्ष बलराम गुरुङले अझैं पनि रोजगारीका लागि आफूहरु विदेश पुग्नु परेको भन्दै गुनासो पोख्नुभयाे । संस्कृतिको धनी पस गाउँमा पर्यटकीय गतिविधि बढाउँदै लैजानुपर्ने उहाँको मत छ । भुपु सैनिकको ३ लाख रुपैयाँ लागतमा बिजुली बत्ति क्होम्रे डाँडासम्म पुर्याइएकाे हाे ।