महिलालाई आत्मनिर्भर बनाउन व्युटिसियन तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    महिलालाई आत्मनिर्भर बनाउन व्युटिसियन तालिम

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले व्युटिसियन तालिम प्रदान गरेको छ । सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले एक महिने आधारभूत व्युटिसियन तालिम प्रदान गरेको हो ।

    No description available.

    गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत् व्युटिसियन तालिम सञ्चालन गरिएको गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो । म्याग्दे गाउँपालिका–४ मा सञ्चालित तालिममा १६ जना महिलाको सहभागिता थियो । दमौलीस्थित आबेदा व्युटिपार्लरको प्राविधिक सहयोगमा सञ्चालित तालिममा सोफिया खातुनले प्रशिक्षण दिनुभएको थियो ।

    तालिममा सहभागीहरुलाई सोमबार प्रमाणपत्र वितरण गरिएको छ । सो अवसरमा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सके आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो । गाउँपालिकाले धेरै युवायुवतीलाई सीपमूलक तालिम प्रदान गरेको जानकारी गराउँदै रानाले बेरोजगार जनशक्तिलाई उत्पादनसँग जोड्ने नीति लिइएको बताउनुभयो ।

    गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सकेमात्रै फलदायी हुने बताउनुभयो । गाउँपालिकाले गुडिया बनाउने तालिम, व्युटिसियन तालिम प्रदान गर्दै आइरहेको छ ।