होटलमा पालिएको कछुवाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    होटलमा पालिएको कछुवाको उद्धार

    खबरपुञ्ज संवाददाता

    ६ बैशाख २०७८, मंगलवार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकास्थित एक होटलबाट पहेलो टाउके कछुवाको उद्धार गरिएको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित एक होटलमा पालन गरिएको कछुवाको सव डिभिजन कार्यालय विमलनगरले उद्धार गरेको हो ।

    उद्धार गरिएको कछुवालाई डिभिजन वन कार्यालय तनहँुमा पठाइने सहायक वन अधिकृत सुरेश कुमार भुजेलले जानकारी दिनुभयो । “होटलमा कछुवा छ भन्ने सूचना पाएपछि उद्धार गरेका हौ,” भुजेलले भन्नुभयो ।