पाेखरा : कोरोना सङ्क्रमणबाट बुधबार कास्कीमा दुई जनाको मृत्यु भएको छ । एक पुरुष र एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–२९ की ५४ वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहाँमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
त्यस्तै पोखरा महानगरपालिका–३३ का ८४ वर्षीय पुरुषको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय ११ पुगेको छ ।
फाइल तस्वीर