पाेखरा : गण्डकी प्रदेशमा बुधबार एक सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशको कास्की, बागलुङ, स्याङ्जा, पर्वत, गोरखा र तनहुँमा एक सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार कास्कीमा ७९, बागलुङमा ५०, गोरखामा एक, तनहुँमा चार, पर्वतमा तीन, स्याङ्जामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।