मनाङ : कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) ले मनाङ जिल्लामा शाखा विस्तार गरेको छ । बुधबार मनाङमा आयोजित भेलाले नमनारायण मल्लको संयोजकत्वमा पाँच सदस्यीय प्रबन्ध समिति गठन गरेको हो । समितिको सदस्यहरुमा कृष्ण गुरुङ, विनोद गुरुङ, सुशीला गुरुङ र बुधराज गुरुङ रहनुभएको छ ।
भेलामा क्यान महासङ्घका केन्द्रीय अध्यक्ष नवराज कुंवर, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, क्यानका केन्द्रीय महासचिव नारायण थापा, केन्द्रीय सदस्य तथा जिल्ला विस्तार तथा सदस्यता समितिका सहअध्यक्ष सुदिप शर्मा, गण्डकी प्रदेशका अध्यक्ष तुल्सीराम पाण्डे, गण्डकी प्रदेशका सचिव केशवराज भट्टराई, लमजुङ जिल्ला अध्यक्ष कृष्ण भुषाल र सचिव राजेन्द्र दुलालको सहभागिता थियो ।