मुस्ताङ : प्रसिद्ध धार्मिक गन्तव्य मुस्ताङको मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले मुक्तिनाथसहित जिल्लाका सबै मठमन्दिर, गुम्बा ११ वैशाखदेखि ३१ वैशाखसम्म बन्द गर्ने निर्णय गरेको हो ।
भक्तजनका लागि बन्द भए पनि नियमित नित्य कर्म गर्न भने रोक नलगाइएको मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिनुभयाे । मुस्ताङमा हालसम्म ३२ जना संक्रमित भेटिएकोमा सबै निको भएका छन् ।