गाजा सहित तीन पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    गाजा सहित तीन पक्राउ

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७८, बिहीबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४ नयाँपुलबाट गाजा सहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । लागुऔषधको कारोवार बढिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ बस्ने २५ वर्षीय आकाश मगर, स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ बस्ने १८ वर्षीय अजय भन्ने जगदीश क्षेत्री र कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने १८ वर्षीय समिप मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले बताउनुभयो ।

    प्रहरीले लागुऔषधको कारोवार गरिरहेको अवस्थामा निजहरुलाई नियन्त्रणमा लिई शरीर तलासी गर्दा आकाश मगरले बोकेको दोकाधे झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा एक केजी गाजा बरामद गरेको छ । निजहरु विरुद्ध आजै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।