बन्द क्रसर उद्योगबाट नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारी नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्द क्रसर उद्योगबाट नदीजन्य पदार्थ ओसारपसार गर्ने सवारी नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७८, बिहीबार

    तनहुँ : प्रहरीले तनहुँको बन्दीपुर, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाबाट अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै गर्दा ११ सवारी साधन नियन्त्रणमा लिएको छ ।

    तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा अवैध रुपमा सञ्चालन भई हाल बन्द रहेको नमूना ग्रिड एण्ड क्रसर उद्योगबाट नदीजन्य पदार्थ ओसारपसार गर्दै गर्दा ग १ ख ७९९७, बा ए.इ. १००६ ख १९८४, बा ए.इ. १००६ ख १९८३, ग १ ख ८७५४, ग १ ख ८२०९, बा ए.इ. १००६ ख १९८२ र बा ए.इ. १००६ ख १९७९ नम्बरको टिप्परलाई व्यास नगरपालिका–१३ स्थित बेलबासबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको सवारीलाई कारवाहीका लागि बन्दीपुर गाउँपालिका पठाइएकामा प्रति टिप्पर रु १२ हजारका दरले रु ८४ हजार जरीवाना गरिएको छ ।

    शुक्लागण्डकी नगरपालिका–२ साखरमा रहेको सार्वजनिक स्थानबाट अवैध रूपमा बालुवा उत्खनन् गरि लोड लिई ँिहडेको अवस्थमा प्रहरीले ग १ ख ८५६५ नम्बरको टिप्पर र ग १ त २७२७ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सवारीलाई शुक्लागण्डकी नगरपालिकाले रु २४ हजार जरीवाना गराएको छ ।

    यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मस्र्याङ्दी नदीको कुडुले घाटमा बालुवा उत्खनन गरी रहेको अवस्थामा ग २ क ४३५३ नं को जेसिबी र ढापटार घाटमा बालुवा उत्खनन गरी रहेको अवस्थामा नम्बर नखुलेको एक्साभेटरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई गाउँपालिकाले रु २० हजारका दरले रु ४० हजार जरीवाना गरेको छ ।