तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष म्याग्दे कपको उपाधि जामुनेस्थित राधा माध्यमिक विद्यालयले जितेको छ । मनहरीस्थित आदर्श नमूना युवा क्लवको खेलमैदानमा बिहीबार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, सात रजत र चार कास्य पदक जित्दै राधाले उपाधि कब्जा गरेको हो ।
छ स्वर्ण, तीन रजत र सात कास्य पदक सहित जनगणपति माध्यमिक विद्यालय दोस्रो र पाँच स्वर्ण, छ रजत र दश कास्य सहित मिन माध्यमिक विद्यालय तेस्रो भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यस्तै वडा स्तरीय पुरूष भलिबल प्रतियोगितामा वडा नम्बर ७ प्रथम, वडा नम्बर ५ द्वितीय र वडा नम्बर ६ तृतीय भएको छ भने महिला भलिबलमा वडा नम्बर ५ प्रथम, वडा नम्बर २ द्वितीय र वडा नम्बर ६ तृतीय भएको छ ।
विजेता टिमलाई क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार नगद तथा मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक एवं योजना साखा प्रमुख श्रीराम खनालले जानकारी दिनुभयो । प्रतियोगिताका विजेतालाई गाउँपालिकाका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले पुरस्कार वितरण गर्नुभएको थियो ।