एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित दर्ता गरेको छ । लियोनल मेस्सीले दुई गोल गरेको खेलमा बार्सिलोनाले गेटाफे माथि ५–२ गोल अन्तरले जित दर्ता गरेको हो ।
यो नतिजासँगै बार्सिलोनाले ला लिगामा ६८ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको ७० र शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ७३ अंक रहेको छ ।
बार्सिलोनाको घरेलु मैदानमा लियोनल मेस्सीले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । बार्सिलोनाका क्लेमेट लेगमेटले आत्मघाति गोल गरेपछि गेटाफेले खेल एक एक गोलको बराबरीमा ल्याएको थियो ।
तर, गेटाफेका सोफियन चक्लाले २८ औं मिनेटमा आत्मघाति गोल गरेपछि बार्सिलोना २–१ ले अघि बढेको थियो । ३३ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना सहज जित तर्फ अघि बढेको थियो । पहिलो हाफमा ३–१ गोलको अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थप्दा एक गोल खाएको थियो ।
६९ औं मिनेटमा गेटाफेका लागि इन्स उनलले पेनाल्टीमार्फत गोल गर्दै अग्रता ३–२ मा झारेका थिए । ८७ औं मिनेटमा रोनाल्ड अरुगोले गोल गरेपछि ४–२ ले अघि बढेको बार्सिलोना त्यतिमा रोकिएन ।
दोस्रो हाफको अतिरिक्त तेस्रो हाफमा एन्टोनी ग्रिजम्यानले पेनाल्टी मार्फत गोल गरेपछि बार्सिलोना ५–२ गोल अन्तरको फराकिलो जित निकाल्न सफल रह्यो ।