कोरोना सङ्क्रमणबाट गण्डकीमा एकैदिन चारको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कोरोना सङ्क्रमणबाट गण्डकीमा एकैदिन चारको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७८, सोमबार

    पाेखरा : गण्डकी प्रदेशमा सोमबार एकैदिन कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार तीन पुरुष र एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

    म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशख १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कास्कीको पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख ७ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो ।

    कास्कीको पोखरा महानगरपालिका–१ का ५५ वर्षीया महिलाको मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएको छ । उहाँमा वैशाख ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय १५ पुगेको छ ।

    No photo description available.

    फाइल तस्वीर