गण्डकीमा सत्तापक्षबाटै संसद् अवरुद्ध, कोराेना परीक्षण नगरी बैठक नराख्न अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा सत्तापक्षबाटै संसद् अवरुद्ध, कोराेना परीक्षण नगरी बैठक नराख्न अनुरोध

    खबरपुञ्ज संवाददाता

    १३ बैशाख २०७८, मंगलवार

    पाेखरा : गण्डकी प्रदेशमा सत्तापक्षले नै संसद् अवरुद्ध गरेको छ । सांसदहरुको कोरोना परीक्षण नै नगरी बैठक डाकिएको भन्दै सत्तापक्षका सांसदले संसद् अवरुद्ध गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बैशाख २ गते दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल भइरहेको छ । सोमबार उक्त प्रस्ताव टेबुल भएको भएको थियो ।

    सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक चल्न नदिने सत्तापक्षका सांसद राजीव पहारीले बताउनुभयाे ।

    विशेष अधिवेशनको दोस्रो दिनको बैठकको सुरुमै सत्तारुढ दलका सांसदले उठेर विरोध गरेका थिए । सभामुख नेत्रनाथ अधिकारीले सरकारका प्रवक्ता र मन्त्रीसहित सर्वदलीय बैठकले कार्यसूची तयार पारिएकाले बस्न आग्रह गरे । एमालेका सांसदले फेरि मानेनन् ।

    सभामुख अधिकारीले सत्तापक्षकै सांसदले संसद अवरुद्ध गर्नु राम्रो नहुने भन्दै बस्न आग्रह गरेपछि पनि एमालेका सांसदले विरोध जनाइरहे । सभामुखले १८ मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।