पाेखरा : नेपाल महिला संघ रुपा गाउँपालिकाकी सभापति थममाया गुरुङको ५६ वर्षको उमेरमा आईतबार निधन भएको छ । गुरुङको उपचारको क्रममा मेडिसिटि हस्पिटलमा काठमाडाैमा निधन भएकाे हाे ।
लामो समयदेखि प्रेसर, थाईराईड र मुटु रोगबाट ग्रसित गुरुङ्गको पोखरामा उपचार गर्ने क्रममा निको नभएपछि थप उपचारका लागि काठमाडाै लगिएको थियो । गुरुङ्गको सोमबार रुपा गाउँपालिकामा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि गुरुङ्गको पार्थिव शरीरमा नेपाली काँग्रेस केन्द्रीय प्रशिक्षण विभागकी सदस्य सरस्वती गुरुङ्ग, पोखरा महानगर समितिका सह–सभापति एवं जिल्ला सदस्य राजेन्द्रमणि लामिछाने लगायतले पार्टिको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे थियाे । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय स्वर्गीय गुरुङ्गका ४ छोरा र ३ छोरी छन् ।