पाेखरा : गण्डकी प्रदेशमा बुधबार दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको विवरण अनुसार बागलुङ र गोरखाका सङ्क्रमितको मृत्यु भएको हो ।
बागलुङ नगरपालिका–११ की ६१ वर्षीया कोरोना सङ्क्रमित महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
गोरखा नगरपालिका–१४ का ५५ वर्षीय सङ्क्रमित पुरुषको भरतपुर अस्पताल चितवनमा मृत्यु भएको छ । उहाँमा वैशाख ८ गते सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय १९ पुगेको छ ।