म्यान्चेष्टर सिटीद्वारा पीएसजी पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    म्यान्चेष्टर सिटीद्वारा पीएसजी पराजित

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७८, बिहीबार

    एजेन्सी : च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ ।

    गए राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्होसको गोलमा अग्रता लिएको थियो ।

    दोस्रो हाफमा डी बु्रईनको गोलबाट सिटी खेलमा फर्कियो । ७४ औं मिनेटमा सिटीका रियाद महरेजले गोल गर्दै टिमको जित सुनिश्चित गरे । खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुये रातो कार्ड खादै मैदान बाहिरिए पछि घरेलु टिम दबावमा देखियो ।

    पहिलो लेगको जितसँगै सिटी सेमिफाईनलमा बलियो बनेको छ । यो जितले सिटीको फाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब बढ्नेछ ।