कोरोना कहरमा म्याग्देमा विकास निर्माण नरोकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    कोरोना कहरमा म्याग्देमा विकास निर्माण नरोकिने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : दोस्रो लहरको कोरोनाको जोखिम बढेपनि तनहुँको म्याग्दे गाउँपालिकाले विकास निर्माणका कामलाई निरन्तरता दिने भएको छ । गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारबाट स्वीकृत भई सञ्चालित योजना तथा कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले स्वास्थ्यको मापदण्ड पालना गरी विकास निर्माणका काम निरन्तर सञ्चालन हुने जानकारी दिनुभयो ।

    गाउँपालिकाले कोभिडको जोखिम बढेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा अनावश्यक हिँडडुल गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । गाउँपालिकाभित्र सञ्चालन हुने सम्पूर्ण निजी, सरकारी तथा सार्वजनिक सवारी साधनमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गरी सिट क्षमताको ७५ प्रतिशत मात्र यात्रु राखेर सञ्चालन गर्ने तथा मास्क, स्यानीटाइजर सामग्रीको अनिवार्य प्रयोगमा ल्याउन गाउँपालिकाले आग्रह गरेको छ ।