काठमाडाै : पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ३६२ जनाको पीसीआर विधि र ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०६ जना संक्रमित पुष्टि भएका हुन् ।
पिसिआर विधिबाट ९ हजार २३८ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्। नयाँ संक्रमित थप भएसँगै सक्रिय संत्रफमितको संख्या एक लाख ६३४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६८ जनाको मृत्यु भएको छ ।
आज देशभरमा चार हजार ४ सय ४४ जना व्यक्ति संक्रमणमुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल एक हजार २४१ सङ्क्रमित हाल सघन उपचार क्ष(आईसीयू)मा रहेका छन् । जसमध्ये २८५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा तीन हजार ९२४ सङ्क्रमित थपिएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा काठमाडौंमा तीन हजार २५०, ललितपुरमा ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना सङ्क्रमित थपिएका छन् ।