पोखरा : पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त हुनुभएको छ। प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समयभित्र विपक्षी गठबन्धले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त हुनुभएको हो।
प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गर्नुभएको हो। गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।
यसैबीच मुख्यमन्त्री गुरुङ कोरोना संक्रमितसमेत रहेकाले आवश्यक स्वाथ्य मापदण्ढ पूरा गरेरमात्रै सपथ ग्रहण गरिने भएको छ ।