नेपाली ई-कमर्स ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाख भन्दा बढी डाउनलोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाली ई-कमर्स ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाख भन्दा बढी डाउनलोड

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०७८, बुधबार

    काठमाडौ: कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको नि:शुल्क होम डेलिभरी गर्दै सुरु भएको ग्यापु मार्केटप्लेस (gyapu.com)को मोबाइल एप एक लाख भन्दा बढी डाउनलोड भएको छ।

    ‘लकडाउनमा सुरु भएको यात्रा पक्कै पनि सहज थिएन’ ग्यापुका सँस्थापक/सिइओ ज्ञानेन्द्र खड्का भन्नुहुन्छ ‘सजिलो नभए पनि उपभोक्तालाई सुबिधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडी बढ्यौं।’

    खड्का थप्नुहुन्छ ‘आम उपभोक्ताको साथ र हौसलाले अगाडि बढेको ई-कमर्समा अभ्यस्त नभैसकेको नेपाली बजारमा हामीले उपभोक्ताको अथाह माया पायौं जसका कारण प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको एप एक लाख डाउनलोड पुगेको छ। दैनिक ७ सय भन्दा बढी नेपाल भर नि:शुल्क डेलिभरी गर्दै आएको ग्यापुले चमत्कारिक रुपमा १ बर्ष कै अबधिमा अत्यधिक रुचाइएको नेपालीको आफ्नै इकमर्श प्लेटफर्म बन्न सफल भएको छ।’

    ग्यापुको सफलताको श्रेय हाम्रा आफ्ना ग्राहक, भेन्डर र दिन रात नभनि कोभिड कहरको समयमा पनि निरन्तर खट्ने कर्मचारी र होस्टेमा हैंसे गर्ने सञ्चारकर्मीलाई जाने खड्का बताउनुहुन्छ ।