मुख्यमन्त्री गुरुङकाे पहिलाे निर्णयः काेभिड काेषलाई ४ कराेड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुख्यमन्त्री गुरुङकाे पहिलाे निर्णयः काेभिड काेषलाई ४ कराेड

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०७८, बुधबार

    पाेखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार सम्हाल्नुभएकाे छ । शपथ लगत्तै मुख्यमन्त्रीकाे निवासमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभयाे ।

    गण्डकी प्रदेश सरकारले खडा गरेकाे काेभिड काेषमा सरकारकाे तर्फबाट ४ कराेड दिने निर्णय गर्दै उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे । निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएकाे फाइलमा मुख्यमन्त्री गुरुङले हस्ताक्षर गर्नुभएकाे थियाे ।