एमालेको विवाद हल गर्न कार्यदल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेको विवाद हल गर्न कार्यदल

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०७८, बिहीबार

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको छ । बिहीबार दिउँसो दुई बजेदेखि चार घण्टा भएको छलफलमा ओली र नेपाल विवाद समाधानका लागि कार्यदल बनाउन सहमत हुनुभएकाे छ ।

    छलफलमा नेता नेपालले आफूले राखेको ६ बुँदे प्रस्तावबाट पछि नहट्ने अडान लिनुभएकाे थियाे । तर ओली त्यो शर्तमा सकारात्मक भएको नेता नेपालले दावी गर्नुभयाे । ‘मैले २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वमा फर्कनुपर्ने तथा २८ फागुनयता भएको निर्णय फिर्ता गर्नुपर्ने कुरा राखेँ’ नेता नेपालले भन्नुभयाे, ‘यसमा सकारात्मक जवाफ आएको छ ।’

    नेपाल समूहले राखेको शर्त र अध्यक्ष ओलीले लिँदै आएको अडानबीच सहमति जुटाउने जिम्मा भने कार्यदललाई दिइने भएको छ । काठमाडौंको चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा ओली र नेपालबीच भएको वार्ता पछि नेपाल समूहको सामूहिक राजीनामा तत्काललाई टरेको छ ।