सिंहदरबार वार्ता सकियो : कार्यदल सदस्य तय गर्ने जिम्मा ओली-नेपाललाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिंहदरबार वार्ता सकियो : कार्यदल सदस्य तय गर्ने जिम्मा ओली-नेपाललाई

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७८, शुक्रबार

    काठमाडौ: नेकपा एमालेको विवाद मिलाउन सिंहदरबारमा करिब ३ घण्टादेखि जारी वार्ता सकिएको छ। एमाले नेता भीमबहादुर रावलका अनुसार आजको बैठकले पार्टीलाई २०७५ जेठ २ आसपास लगेर सहमति खोज्ने निचोड निकालेको छ। 

    नेता रावलका अनुसार त्यसका लागि कार्यदल निर्माणको सहमति भएको छ। ‘आजको बैठकले २०७५ जेठ २ लाई आधारमा मानेर अरु प्रयोजनमा छलफल हुने गरी सहमति जुटाएको छ’, रावलले भन्नुभयो, ‘त्यसका लागि कार्यदल बनाउने टुंगो लागेको छ। कार्यदलका सदस्यहरुको नाम माधव नेपाल र केपी ओली तय गर्नुहुनेछ।’

    नेता रावलले त्यही सहमति अनुसार फेरि भोलि या पर्सि वार्तामा बस्ने गरि आज नेताहरु उठेको जानकारी दिनुभयो । ‘फेरि तत्कालै बस्ने गरी आज हामी उठेका छौँ’, उहॉले भन्नुभयो, ‘वार्ता पनि अघि बढ्छ, अध्यक्ष र वरिष्ठ नेताले कार्यदलका सदस्य तय गरेपछि विवादको निरुपणका उपायको पनि खोजी हुँदै जान्छ।’ (फरकधारबाट)