प्रधानमन्त्री ओलीलाई गगन थापाको भिडियो सन्देश : हामी पनि तपाईंको साथमा उभिनेछौँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री ओलीलाई गगन थापाको भिडियो सन्देश : हामी पनि तपाईंको साथमा उभिनेछौँ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै : नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले  जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताउनुभएकाे छ । शनिवार ट्वीटरमा एक भिडियो सन्देश जारी गर्दै नेता थापाले कोरोना महामारीसँग जुध्नका लागि मन, ध्यान, शक्ति, उर्जा र सबै संयन्त्र लगाउन आग्रह समेत गर्नुभएकाे छ ।

    उहाँले भन्नुभयाे, ” फेरि एकपटक मौका पाउनु भएको छ। अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसँग जुध्न लगाउनुहोस्। हामी पनि अबको केही समय तपाईँसँगका सवै असहमतिलाई बिसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौँ।”