तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको शनिबार मृत्यु भएको छ । भिमाद नगरपालिका-५ की २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार ती युवतीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उहॉमा वैशाख २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
५८ जना सङ्क्रमित थपिए
यसैगरी शनिबार तनहुँका ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये २६ महिला र ३२ पुरुष छन् ।